मगर संघ बहराइनको तेस्रो साधरण सभा सम्पन्न
मगर संघ बहराइनको तेस्रो साधरण सभा सम्पन्न सन्तोष दाहाल/बहराइन मगर संघ बहराइनले मिति ०६ अगस्ट २०१० का दिन अल ओस्रा रेष्टुरेन्ट, मानमा, बहराइनको सभा हलमा आफ्नो तेस्रो साधरण सभा सम्पन्न गरेको छ । उक्त सभाका सभापति सोहि संघका अध्यक्ष श्री काजी थापा हुनुहुन्थ्यो भने प्रमुख अतिथि नेपाली क्लबका मार्नाथ गम बहादुर गुरुङ्ग हुनुहुन्थ्यो त्यस्तै गरेर बिभिन्न संघ संस्थाबाट पाल्नु भएका प्रतिनिधीहरु अतिथिको रुपमा रहनु भएको थियो । उक्त कार्यक्रम सञ्चालन सोही संघका महासचिव भगेन्द्र पुलामीले गर्नु भएको थियो भने स्वागत मन्तव्य सोही संघका उपाध्यक्ष श्याम पुनले गर्नु भएको थियो । यस मगर संघको कार्य प्रगती सहासचिव भगेन्द्र पुलामीले सुनाउनु भएको थियो भने आय व्यायको विवरण कोषाध्यक्ष बालकृष्ण पुनले प्रस्तुत गर्नु भएको थियो । यस सभाका अथितीहरुले बोल्ने क्रममा नेपाली क्लबका मार्नाथ गम बहादुर गुरुङ्गले यस मगर संघ बहराइनमा मगर जातीका लागि मात्र नभएर बिभिन्न गैर मगर नेपालीहरुलाई बिभिन्न प्रकारको सहयोग गर्दै आएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने बहराइनमा कार्यरत मगरहरुलाई एक जुट गर्राई मगरहरुको आफ्नो कला संस्कृती, रिती रीवाजलाई जगेर्ना गरीरहेको कुरा व्यक्त गर्नु भएको थियो । भने यस सभाका सभापति तथा यस संघका अध्यक्ष काजी थापाले यस मगर संघको बारेमा जानकारी दिनुको साथै यस संघका अध्यक्षको नाताले आफ्नो कार्यकाल बिघटन भएको घोषण गर्नु भएको थियो । भने नयाँ कार्य समितिको पदको लागि निवेदन दिन आवहान गरीएकोमा कुनै एक पदका लागि एक जना भन्दा बढी को निवेदन नआएकाले सबै निवेदकहरु निर्वीरोध निवाचित हुनु भएको छ । भने नयाँ कार्य समितिमा निम्न पदाधीकारीहरु रहनु भएको छ । अध्यक्ष :- श्याम पुन मगर उपाध्यक्ष :- जितबहादुर घर्ती मगर महासचिव :- भगेन्द्र पुलामी सचिव :- युवराज पूरवछाने मगर कोषाध्यक्ष :- बालकृष्ण पुन मगर सह कोषाध्यक्ष :- जगबहादुर पुन मगर खेलकुद सचिव :- रनबहादुर मगर संस्कृतीक सचिव :- जितबहादुर थापा मगर सदस्यहरु :- पुर्णबहादुर घर्ती मगर, नकुलबहादुर मगर, पहलमान घर्ती मगर हुनुहुन्छ । सल्लाहकारहरु :- प्रमुख सल्लाहकार :- काजी थापा सल्लाहकार :- भवीराज काउजा सल्लाहकार :- कृष्ण राना मगर हुनुहुन्छ ।
![]() ![]() ![]() Read more
Add comment (0)
Hits: 140
भोजपुर हातेमालो समितिको उपन्यास विमोचन तथा अन्तरक्रिया
भोजपुर हातेमालो समितिको उपन्यास विमोचन तथा अन्तरक्रिया सन्तोष दाहाल/बहराइन बहराइनमा कार्यरत भोजपुर बासीहरुले स्थापना गरेको भोजपुर हातेमालो सेवा समितिले सित्रा स्थित मोःमो इन्टरनेशनल तथा क्याट्रीङ्गको हलमा ३० जुलाई का दिन भोजपुर हातेमालो सेवा समितिका सचिव शुक्रराज र्राई द्धारा लिखीत सामाजिक उपन्यास "प्रवासी जिन्दगी" एक भेलाको आयोजना गरी विमोचन गरेको छ । उक्त उपन्यास नेपाली क्लब, बहराइनका महासचिव भगेन्द्र पुलामीले विमोचन भएको हो । उक्त विमोचन कार्यक्रमको अध्यक्षता उही समितिका अध्यक्ष श्री छत्र थापाले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली क्लबका महासचिव भगेन्द्र पुलामी हुनुहुन्थ्यो र अतिथीहरुमा बिभिन्न संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो । यो उपन्यास बिक्री भएको रकमले भोजपुरमा स्कुल बनाउन सहयोग गर्ने कुरा उपन्यासका लेखकले जानकारी दिनु भयो । लेखकले आफ्नो उपन्यासको बारेका छोटकरीमा जानकारी दिनु भएको थियो । उहाँको यो पहिलो उपन्यास भएको र प्रकाशोन्मुख सामाजिक उपन्यास "संघर्ष" बारेमा पनि जानकारी दिनु भएको थियो । साथै बहराइन सरकार संग दर्ता भएको नेपाली क्लब एउटा बहराइन बासी नेपालीहरुको लागि कन्सुलरको काम गरी रहेकोले यसको बारेमा बिभिन्न प्रकारका आरोप प्रत्यारोप लगाईने गरीएको छ र नेपाली क्लबको काम, कर्तव्य, अधिकार बिषयक अन्तरक्रिया समेत भएको थियो । भने उपस्थित बिभिन्न संस्थाका प्रतिनिधिले नेपाली क्लबलाई लगाईएका आरोपहरु साँचो नभएको र नेपाली क्लबको काम, कर्तव्य र अधिकार पहिला बुझेर मात्र आरोप लगाउन सुझाव दिनु भएको थियो । कार्यक्रमको अन्य गर्न क्रममा यस कार्यक्रमका सभापति श्री छत्र थापाले उपस्थित सबैलाई धन्यवाद दिन को साथै यस कार्यक्रम सफल बनाउन यस संस्थाका सदस्यहरुले निभाउनु भएको सक्रीयतालाई बिषेश धन्यवाद दिनु भएको थियो ।
बहराइनमा एक नेपालीको आएको दुई दिनमै मृत्यु
बहराइनमा एक नेपालीको आएको दुई दिनमै मृत्यु सन्तोष दाहाल/बहराइन फिरन महरा, महेन्द्रनगर-४, धनुषाका यी ४१ वर्षीय युवक बहराइन स्थित अदलिया कन्ट्रैकटीङ्ग कम्पनीमा रोजगारीको सिलसिलमा २५ जुलाई २०१० का दिन बहराइन आईपुगेका थिए । उनले आफ्नो डीयुटी सुरु नै गर्न नपाई २७ जुलाई २०१० राती हृदयघात भई मृत्यु भएको थियो र उनको लास बाटोको एक कुनामा फेला परेको थियो । मृकतको साथीको भनाई अनुसार आउने दिन अनी खुशी नै देखीन्थे भने भोली पल्ट उनी अली निराश भएजस्तो देखीन्थे भने मृत्युहुने दिन आफ्नो कोठामा नआई बाहिर नै हिडीरहेका थिए र राती नै उनको सडकको छेउका मृत्यु भएको थियो । चार छोरा छोरीका बाबु यीनको बहराइनमा नै अन्तिम संस्कार गर्न पहल भई रहेको छ ।
डी एक्स एन नेपाली महोत्सव बहराइनमा
डी एक्स एन नेपाली महोत्सव बहराइनमा सन्तोष दाहाल/बहराइन सन १९९३ ताका डा. लीमले मलेसीयाबाट शुरुवात गरेका डी एक्स एन फुट सप्लीमेन्ट्री कम्पनीको प्रोडक्स आज १४४ देशहरुमा फैलीसकेको अबस्थामा बहराइनमा सन २००२ देखीनै यो प्रोडक्स प्रयोग गर्न शुरुवात गरीएको थियो भने सोही दीन बाट नेपालीहरुले पनि बहराइनमा यो फुट सप्लीमेन्ट्री अत्याधिक रुपमा प्रयोग गरी आफ्नो श्वास्थ्यलाई मजबुत बनाउदै आएका थिए र नेपालीहरुले यो प्रोडक्सलाई अती नै मनपराएका कारण यो कम्पनीको प्रोडक्स र व्यापार व्यावस्थापन बारे सबै नेपालीहरुलाई पर्याप्त मात्रामा जानकारी दिने उद्देश्यले मिति ११ जुन २०१० का दिन डी एक्स एनबाट स्वास्थ्य तथा आर्थिक लाभ पाईसक्नु भएका सफल लीडरहरु नेपाल तथा साउदी अरबबाट बोलाएर डी एक्स एन नेपाली महोत्सव बहराइनमा सम्पन्न भएको छ । करीब २५० भन्दा बडी नेपालीहरुको उपस्थितीरहेको थियो भने केही मात्रामा बिदेशीहरुको पनि उपस्थित थियो । कार्यक्रमको सुरुवातमा सुरताल सांगीतिक समुहका कलाकारहरुले नेपाली राष्ट्रिय गान गाएका थिए । त्यसपछि साउदी अरबबाट पाल्नु भएका लीडर डब्बल डायमण्ड टंगाल कनाडीयाले कसरी डी एक्स एनबाट आर्थिक सफलता पाउने बारेमा बताउनु भएको थियो । कार्यक्रमको बिच बिचमा सांगितीक समुहले डी एक्स एनका गीतहरु गाएर महोत्सवलाई रोचक बनाउनु भएको थिया । नेपालबाट पाल्नु भएको सफल लीडर डब्बल डायमण्ड असोक बस्नेतले डी एक्स एनबाट कसरी स्वास्थ्य तथा आर्थिक लाभ पाउन सकीन्छ भन्ने बारेका धेरै कुराहरु बताउनु भएको थियो । भने सफल लीडर असोक बस्नेतले आफ्नो पहिलाको स्वास्थ्य तथा आर्थिक जीवन र अहिलेको स्वास्थ्य तथा आर्थिक जीवन बारे बताउदा उपस्थित सबै भावुक भएका थिए । डी एक्स एन प्रति मानीसको नकारात्मक सोचाई बारे उहाँले प्रस्टाउनु भएको थियो । यो प्रोडक्सको अनुभवको बारेमा बताउने क्रममा पहिला सुगरका रोगी सन्तकुमार सुब्बाले आफ्नो आँखा गुमाएका र आँखाका लागि हस्पीटलमा धेरै पैसा खर्च गरे पनि आँखा देख्न नसकेको र गत ५/६ महिला अघि देखी यो प्रोडक्स प्रयोग गरेका कारण सुगर कम्ती भई अहिले लगभग ७५% आँखा देख्न थालेको कुरा स्वयले बताएका थिए । यस्तो खाल्को डी एक्स एन नेपाली महोत्सव बहराइनमा पहिलो पटक भएको थियो ।
एक नेपालीको कतार जाने क्रममा बहराइनमा मृत्यु
एक नेपालीको कतार जाने क्रममा बहराइनमा मृत्यु सन्तोष दाहाल/बहराइन इस्लाम खाँ पाईथान, देवपुरारुपाइथ-४, धनुषाका यी मृतक कतारमा कार्यरत थिए । उनी केही महिना अघि कतारबाट बिदा मनाउँन घर गएका थिए भने आफ्नो बिदा सकेर मिति १० जुन २०१० का दिन गल्फ एयरको उडानबाट काठमाडौ देखी उडेर बहराइनमा ट्रान्जीट हुदै आफ्नो कार्य स्थल कतार जानु पर्ने थियो । तर भगवानको लीला पनि कस्तो बहराइनमा ट्रान्जीट समयमा नै हृदयघाट भई उनको मृत्यु भयो । भने उनको लास अहीले बहराइनको सल्मानीया अस्पतालमा राखीएको छ । र उनको लास नेपाल पठाउन नेपाली क्लब बहराइनले सहयोग गरीरहेको छ ।
|
|
|
|
|
More Articles...
|
|
|
|
|
| Page 1 of 2 |