मगर संघ बहराइनको तेस्रो साधरण सभा सम्पन्न

मगर संघ बहराइनको तेस्रो साधरण सभा सम्पन्न

सन्तोष दाहाल/बहराइन

मगर संघ बहराइनले मिति ०६ अगस्ट २०१० का दिन अल ओस्रा रेष्टुरेन्ट, मानमा, बहराइनको सभा हलमा आफ्नो तेस्रो साधरण सभा सम्पन्न गरेको छ । उक्त सभाका सभापति सोहि संघका अध्यक्ष श्री काजी थापा हुनुहुन्थ्यो भने प्रमुख अतिथि नेपाली क्लबका मार्नाथ गम बहादुर गुरुङ्ग हुनुहुन्थ्यो त्यस्तै गरेर बिभिन्न संघ संस्थाबाट पाल्नु भएका प्रतिनिधीहरु अतिथिको रुपमा रहनु भएको थियो । उक्त कार्यक्रम सञ्चालन सोही संघका महासचिव भगेन्द्र पुलामीले गर्नु भएको थियो भने स्वागत मन्तव्य सोही संघका उपाध्यक्ष श्याम पुनले गर्नु भएको थियो । यस मगर संघको कार्य प्रगती सहासचिव भगेन्द्र पुलामीले सुनाउनु भएको थियो भने आय व्यायको विवरण कोषाध्यक्ष बालकृष्ण पुनले प्रस्तुत गर्नु भएको थियो । यस सभाका अथितीहरुले बोल्ने क्रममा नेपाली क्लबका मार्नाथ गम बहादुर गुरुङ्गले यस मगर संघ बहराइनमा मगर जातीका लागि मात्र नभएर बिभिन्न गैर मगर नेपालीहरुलाई बिभिन्न प्रकारको सहयोग गर्दै आएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने बहराइनमा कार्यरत मगरहरुलाई एक जुट गर्राई मगरहरुको आफ्नो कला संस्कृती, रिती रीवाजलाई जगेर्ना गरीरहेको कुरा व्यक्त गर्नु भएको थियो । भने यस सभाका सभापति तथा यस संघका अध्यक्ष काजी थापाले यस मगर संघको बारेमा जानकारी दिनुको साथै यस संघका अध्यक्षको नाताले आफ्नो कार्यकाल बिघटन भएको घोषण गर्नु भएको थियो । भने नयाँ कार्य समितिको पदको लागि निवेदन दिन आवहान गरीएकोमा कुनै एक पदका लागि एक जना भन्दा बढी को निवेदन नआएकाले सबै निवेदकहरु निर्वीरोध निवाचित हुनु भएको छ । भने नयाँ कार्य समितिमा निम्न पदाधीकारीहरु रहनु भएको छ ।

अध्यक्ष :- श्याम पुन मगर

उपाध्यक्ष :- जितबहादुर घर्ती मगर

महासचिव :- भगेन्द्र पुलामी

सचिव :- युवराज पूरवछाने मगर

कोषाध्यक्ष :- बालकृष्ण पुन मगर

सह कोषाध्यक्ष :- जगबहादुर पुन मगर

खेलकुद सचिव :- रनबहादुर मगर

संस्कृतीक सचिव :- जितबहादुर थापा मगर

सदस्यहरु :-

पुर्णबहादुर घर्ती मगर, नकुलबहादुर मगर, पहलमान घर्ती मगर हुनुहुन्छ ।

सल्लाहकारहरु :-

प्रमुख सल्लाहकार :- काजी थापा

सल्लाहकार :- भवीराज काउजा

सल्लाहकार :- कृष्ण राना मगर हुनुहुन्छ ।

 

भोजपुर हातेमालो समितिको उपन्यास विमोचन तथा अन्तरक्रिया

भोजपुर हातेमालो समितिको उपन्यास विमोचन तथा अन्तरक्रिया

सन्तोष दाहाल/बहराइन

बहराइनमा कार्यरत भोजपुर बासीहरुले स्थापना गरेको भोजपुर हातेमालो सेवा समितिले सित्रा स्थित मोःमो इन्टरनेशनल तथा क्याट्रीङ्गको हलमा ३० जुलाई का दिन भोजपुर हातेमालो सेवा समितिका सचिव शुक्रराज र्राई द्धारा लिखीत सामाजिक उपन्यास "प्रवासी जिन्दगी" एक भेलाको आयोजना गरी विमोचन गरेको छ । उक्त उपन्यास नेपाली क्लब, बहराइनका महासचिव भगेन्द्र पुलामीले विमोचन भएको हो । उक्त विमोचन कार्यक्रमको अध्यक्षता उही समितिका अध्यक्ष श्री छत्र थापाले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली क्लबका महासचिव भगेन्द्र पुलामी हुनुहुन्थ्यो र अतिथीहरुमा बिभिन्न संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो । यो उपन्यास बिक्री भएको रकमले भोजपुरमा स्कुल बनाउन सहयोग गर्ने कुरा उपन्यासका लेखकले जानकारी दिनु भयो । लेखकले आफ्नो उपन्यासको बारेका छोटकरीमा जानकारी दिनु भएको थियो । उहाँको यो पहिलो उपन्यास भएको र प्रकाशोन्मुख सामाजिक उपन्यास "संघर्ष" बारेमा पनि जानकारी दिनु भएको थियो । साथै बहराइन सरकार संग दर्ता भएको नेपाली क्लब एउटा बहराइन बासी नेपालीहरुको लागि कन्सुलरको काम गरी रहेकोले यसको बारेमा बिभिन्न प्रकारका आरोप प्रत्यारोप लगाईने गरीएको छ र नेपाली क्लबको काम, कर्तव्य, अधिकार बिषयक अन्तरक्रिया समेत भएको थियो । भने उपस्थित बिभिन्न संस्थाका प्रतिनिधिले नेपाली क्लबलाई लगाईएका आरोपहरु साँचो नभएको र नेपाली क्लबको काम, कर्तव्य र अधिकार पहिला बुझेर मात्र आरोप लगाउन सुझाव दिनु भएको थियो । कार्यक्रमको अन्य गर्न क्रममा यस कार्यक्रमका सभापति श्री छत्र थापाले उपस्थित सबैलाई धन्यवाद दिन को साथै यस कार्यक्रम सफल बनाउन यस संस्थाका सदस्यहरुले निभाउनु भएको सक्रीयतालाई बिषेश धन्यवाद दिनु भएको थियो ।

 

बहराइनमा एक नेपालीको आएको दुई दिनमै मृत्यु

 

बहराइनमा एक नेपालीको आएको दुई दिनमै मृत्यु

सन्तोष दाहाल/बहराइन

फिरन महरा, महेन्द्रनगर-४, धनुषाका यी ४१ वर्षीय युवक बहराइन स्थित अदलिया कन्ट्रैकटीङ्ग कम्पनीमा रोजगारीको सिलसिलमा २५ जुलाई २०१० का दिन बहराइन आईपुगेका थिए । उनले आफ्नो डीयुटी सुरु नै गर्न नपाई २७ जुलाई २०१० राती हृदयघात भई मृत्यु भएको थियो र उनको लास बाटोको एक कुनामा  फेला परेको थियो । मृकतको साथीको भनाई अनुसार आउने दिन अनी खुशी नै देखीन्थे भने भोली पल्ट उनी अली निराश भएजस्तो देखीन्थे भने मृत्युहुने दिन आफ्नो कोठामा नआई बाहिर नै हिडीरहेका थिए र राती नै उनको सडकको छेउका मृत्यु भएको थियो । चार छोरा छोरीका बाबु यीनको बहराइनमा नै अन्तिम संस्कार गर्न पहल भई रहेको छ ।

 

डी एक्स एन नेपाली महोत्सव बहराइनमा

 

डी एक्स एन नेपाली महोत्सव बहराइनमा

सन्तोष दाहाल/बहराइन

सन १९९३ ताका डा. लीमले मलेसीयाबाट शुरुवात गरेका डी एक्स एन फुट सप्लीमेन्ट्री कम्पनीको प्रोडक्स आज १४४ देशहरुमा फैलीसकेको अबस्थामा बहराइनमा सन २००२ देखीनै यो प्रोडक्स प्रयोग गर्न शुरुवात गरीएको थियो भने सोही दीन बाट नेपालीहरुले पनि बहराइनमा यो फुट सप्लीमेन्ट्री अत्याधिक रुपमा प्रयोग गरी आफ्नो श्वास्थ्यलाई मजबुत बनाउदै आएका थिए र नेपालीहरुले यो प्रोडक्सलाई अती नै मनपराएका कारण यो कम्पनीको प्रोडक्स र व्यापार व्यावस्थापन बारे सबै नेपालीहरुलाई पर्याप्त मात्रामा जानकारी दिने उद्देश्यले मिति ११ जुन २०१० का दिन डी एक्स एनबाट स्वास्थ्य तथा आर्थिक लाभ पाईसक्नु भएका सफल लीडरहरु नेपाल तथा साउदी अरबबाट बोलाएर डी एक्स एन नेपाली महोत्सव बहराइनमा सम्पन्न भएको छ ।

करीब २५० भन्दा बडी नेपालीहरुको उपस्थितीरहेको थियो भने केही मात्रामा बिदेशीहरुको पनि  उपस्थित थियो । कार्यक्रमको सुरुवातमा सुरताल सांगीतिक समुहका कलाकारहरुले नेपाली राष्ट्रिय गान गाएका थिए । त्यसपछि साउदी अरबबाट पाल्नु भएका लीडर डब्बल डायमण्ड टंगाल कनाडीयाले कसरी डी एक्स एनबाट आर्थिक सफलता पाउने बारेमा बताउनु भएको थियो । कार्यक्रमको बिच बिचमा सांगितीक समुहले डी एक्स एनका गीतहरु गाएर महोत्सवलाई रोचक बनाउनु भएको थिया । नेपालबाट पाल्नु भएको सफल लीडर डब्बल डायमण्ड असोक बस्नेतले डी एक्स एनबाट कसरी स्वास्थ्य तथा आर्थिक लाभ पाउन सकीन्छ भन्ने बारेका धेरै कुराहरु बताउनु भएको थियो । भने सफल लीडर असोक बस्नेतले आफ्नो पहिलाको स्वास्थ्य तथा आर्थिक जीवन र अहिलेको स्वास्थ्य तथा आर्थिक जीवन बारे बताउदा उपस्थित सबै भावुक भएका थिए । डी एक्स एन प्रति मानीसको नकारात्मक सोचाई बारे उहाँले प्रस्टाउनु भएको थियो । यो प्रोडक्सको अनुभवको बारेमा बताउने क्रममा पहिला सुगरका रोगी सन्तकुमार सुब्बाले आफ्नो आँखा गुमाएका र आँखाका लागि हस्पीटलमा धेरै पैसा खर्च गरे पनि आँखा देख्न नसकेको र गत ५/६ महिला अघि देखी यो प्रोडक्स प्रयोग गरेका कारण सुगर कम्ती भई अहिले लगभग ७५% आँखा देख्न थालेको कुरा स्वयले बताएका थिए । यस्तो खाल्को डी एक्स एन नेपाली महोत्सव बहराइनमा पहिलो पटक भएको थियो ।

 

 

एक नेपालीको कतार जाने क्रममा बहराइनमा मृत्यु

एक नेपालीको कतार जाने क्रममा बहराइनमा मृत्यु

सन्तोष दाहाल/बहराइन

इस्लाम खाँ पाईथान, देवपुरारुपाइथ-४, धनुषाका यी मृतक कतारमा कार्यरत थिए । उनी केही महिना अघि कतारबाट बिदा मनाउँन घर गएका थिए भने आफ्नो बिदा सकेर मिति १० जुन २०१० का दिन गल्फ एयरको उडानबाट काठमाडौ देखी उडेर बहराइनमा ट्रान्जीट हुदै आफ्नो कार्य स्थल कतार जानु पर्ने थियो । तर भगवानको लीला पनि कस्तो बहराइनमा ट्रान्जीट समयमा नै हृदयघाट भई उनको मृत्यु भयो । भने उनको लास अहीले बहराइनको सल्मानीया अस्पतालमा राखीएको छ । र उनको लास नेपाल पठाउन नेपाली क्लब बहराइनले सहयोग गरीरहेको छ ।

 

समाज सेवीलाई नेपाली क्लब र एन आर एन ए, बहराइनले बिदाई गर्‍यो

समाज सेवीलाई नेपाली क्लब र एन आर एन ए, बहराइनले बिदाई गर्‍यो

सन्तोष दाहाल/बहराइन

श्री भेषबहादुर सेन, घतान गा.वि.स. वार्ड नं. १, म्याग्दी, धवलागीरी, बिगत १ दशक भन्दा पनि बढी बहराइनमा रही बिभिन्न संघ संस्थाहरुमा आवद्ध भई बहराइनमा समाज सेवा गर्दै आउनु भएका यी समाज सेवी बिगत ६ वर्षभन्दा पहिला देखी नै नेपाली क्लबको बिभिन्न पदमा रही नेपाली क्लबलाई अमुल्य योगदान दीदै आउनु भएको थियो र हाल नेपाली क्लबको सल्लाहकारको रुपमा रहनु भएको छ भने एन आर एन ए बहराइनको स्थापना काल देखी नै अहीले सम्म कोषाध्यक्षको पद सफलतापुवक सम्हाली सक्नु भएको छ । र उहाँ बहराइन छाडी आफ्नौ देश फर्कने हुनु भएकाले उहाँलाई बिदाई गर्न नेपाली क्लब र एन आर एन ए, बहराइनले संयुक्त रुपमा नेपाली क्लबको सभाहलमा मिति ०४ जुन २०१० का दिन एक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली क्लबको तर्फबाट क्लबका अध्यक्ष श्री दुर्गा गिरीले सम्मान-पत्र द्धारा बिभुषीत गर्नु भएको थियो भने एन आर एन ए को तर्फबाट एन आर एन ए, बहराइनका प्रमुख सल्लाहकार श्री पुरणपाल र्राईले सम्मान-पत्र प्रदान गर्नु भएको थियो । उपस्थित सबैमहानुभावले उहाँको कामको प्रसंषा गर्नु भएको थियो । भने उहाँ यो हप्ता भित्रमा नेपाल र्फकदै हुनुहुन्छ ।

 

बहराइनमा २५५४ औ बुद्ध जयन्ती सम्पन्न

बहराइनमा २५५४ औ बुद्ध जयन्ती सम्पन्न

सन्तोष दाहाल/बहराइन

बहराइन तामाङ्ग समाजको आयोजनामा २५५४ औं बुद्ध जयन्ती कार्यक्रम कर्नाटका क्लबको हलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली क्लबका अध्यक्ष श्री दुर्गा गिरीको साथै अन्य संघ संस्थाका पदाधिकारीहरुको उपस्थित थियो । यस बुद्ध जयन्ती कार्यक्रमको सुरुवात गुरु लामा श्री फुर्बा वाङबो योल्मो र छयोबोन श्री डिगम तामाङ्गले छयोगो मोलम पाठ पढेर सुरु गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली क्लबका अध्यक्ष र तामाङ्ग समाज बहराइनका अध्यक्षले १०८ बती (छयुमी) बालेर सुरुवात गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण महानुभावले बती बाल्नु भएको थियो । भने उक्त बालीएको बती भगवान बुद्धको चरणमा चर्ढाई प्रार्थना गरीएको थियो । त्यस पछि उपस्थित सबैले गुरु लामाबाट वाङ्ग, लुङ्ग, सुङदी ग्रहण गर्नु भएको थियो । गुरुले बुद्ध धर्म सम्बन्धी प्रवचन दिनु भएको थियो । सम्पूर्ण प्राणी जगतको हित होस भनी अन्त्यमा माने मोलम पाठ पढी धार्मीक कार्यक्रम सम्पन्न गरीएको थियो ।

धार्मीक कार्यक्रम पछि साँस्कृतीक कार्यक्रम गर्ने क्रममा बिभिन्न कलाकारहरुले गीतहरु गाएर तथा आफ्नो नृत्य देखाएर कार्यक्रमलाई रोचक बनाईएका थिए ।

 

बहराइन एकत्ता समाजले मजदुर दिवस मनायो

बहराइन एकत्ता समाजले मजदुर दिवस मनायो

सन्तोष दाहाल/बहराइन

बहराइन नेपाली एकत्ता समाज खेल तथा मनोरञ्जन बिभाग केन्द्रिय समितिले १२१ औं मई दिवसको अवसर पारेर आफ्ना कार्यकर्ताहरुलाई भलिबल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न गरेको छ । भलिबल प्रतियोगिता ३० अप्रील २०१० देखी नै सुरु भएको थियो । पहिलो दिनको कार्यक्रमको सञ्चालन कृष्ण चन्दले गर्नु भएको थियो । कार्यक्रम उद्दघाटन अमर आलेले गर्नु भएको थियो भने स्वागत मन्तब्य पदम गुरुङ्गले गर्नु भएको थियो ।

अन्तराष्ट्रिय मजदुर दिवस १ मईको कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव श्यामप्रसाद गौतमले गर्नु भएको थियो । कार्यक्रमको सभापति समाजका अध्यक्ष तेजमान सिन्जालीले गर्नु भएको थियो भने अतिथिहरुमा बिभिन्न संस्थाका प्रतिनिधिहरु हुनुहुन्थ्यो । स्वागत भाषण समाजका महासचिव एल बी रानाले गर्नु भएको थियो । भने खेलाडी ब्याबस्थापन र रेफ्रीको जिम्मेवारी कृष्ण चन्दले गर्नु भएको थियो । यस खेलमा भागलीने टिमहरु यस प्रकार थिए :- (१) आर्कल इकाई समिति (२) ३ नं. क्षेत्रिय समिति, आर्कल (३) अलधारणी इकाई समिति (४) अलदेसी इकाई समिति (५) खमीज इकाई समिति (६) जनबीया इकाई समिति (७) तुब्ली एरिया समिति (८) जल्लाक इकाई समिति र (९) जिसीसी इकाई समिति थिए भने बहराइन स्थित सलमाबादको खुल्ला चौरमा उक्त प्रतियोगिता खेलाईएको थियो । खेल अति नै मनोरञ्जनपूर्ण हुनुका साथै प्रतिस्प्रधात्मकका बाबजुत तुब्ली एरिया समिति प्रथमहुन सफल भएको थियो र उसले पुरस्कार स्वरुप १ वटा खसी, डोल्मा जिवन रक्षा सील र प्रमाण-पत्र पाएको थियो भने ३ नं. क्षेत्रिय समिति, आर्कल दोस्रो स्थानमा पाउन सफल भएको थियो र उसले पनि पुरस्कार स्वरुप १ वटा खसी र प्रमाण पत्रहरु पाएको थियो ।

 

जनप्रगतिशिल मञ्च बहराइनको श्रमीक दिवस

जनप्रगतिशिल मञ्च बहराइनको श्रमीक दिवस

सन्तोष दाहाल/बहराइन

"राष्ट्रिय स्वाधिन्ता सहितको नागरिक सर्वोच्चता, जनमुखी संविधान निर्माणको निम्ती मजदुर एकता आजको आवश्यकता" भन्ने नारा सहित नेपाली जनप्रगतिशिल मञ्च, बहराइनले सित्रा स्थित मोःमो इन्टरनेशनल एण्ड क्याट्रीङ्ग सेन्टरको हलमा ३० अप्रील २०१० का दिन अन्तराष्ट्रिय मजदुर दिवस एक कार्यक्रमको आयोजना गरी मनाएका छ । उक्त कार्यक्रमको सभापति क्षेत्रीय समिति, मानमाका अध्यक्ष श्रीमती मिना केसी -नेपाल) हुनुहुन्थ्यो । प्रमुख अतिथिमा केन्द्रिय समितिका अध्यक्ष अर्जुनप्रसाद धमला हुनुहुन्थ्यो भने अतिथिहरुमा बिभिन्न संस्थाबाट पाल्नु भएका महानुभावहरु हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन केशर बा. खत्रीले गर्नु भएको थियो । सहीदको सम्झनामा एक मिनेट मैन धारण गरी उक्त कार्यक्रम सुरुवात गरीएकामा स्वागत मन्तव्य भने अग्नि भट्टर्राईले दिनु भएको थियो । एनेकपा माओवादी बिदेश राज्य समितिकार् इन्चार्ज कृष्णबहादुर महराले नेपालबाट पठाउनु भएको शुभकामना तथा एक्यबद्धता पत्र मञ्चमा महासचिव डबेन्द्र तिरुवाले पढेर सुनाउनु भएको थियो । कार्यक्रमको बिच बिचमा बहराइनमा कार्यरत मजदुरहरुलाई मनोरञ्जन प्रदान गर्न यस मञ्चका सदस्यहरुले बिभिन्न प्रकारका गीतहरु गाएका थिए । मन्तव्य दिन क्रममा बहराइन स्थित बिभिन्न संस्थाबाट पाल्नुहुने अतिथिहरुले श्रमीकहरुको बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो । भने कार्यक्रमको अन्त्यमा यस कार्यक्रमका सभापति श्रीमती मिना केसी -नेपाल)ले कार्यक्रम समापन गर्न क्रममा "विकृती, विसंगती र कुलतको बिरोध तथा यस्ता कार्यहरुमा संलग्नता बढेका कारण समस्याहरु थपीने गरेको छ र बिकृती बिसंगती र कुलत त्यागे समस्याहरु आफै न्युनिकरण हुने छ र हामी सबै मजदुरको समस्याहरु हलहुदै जाने छ" भन्ने कुराहरु राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने यस मञ्चका सदस्यहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

 

बहराइनमा नेपालीहरुले नव वर्ष २०६७ भव्यताका साथ मनाए

 

बहराइनमा नेपालीहरुले नव वर्ष २०६७ भव्यताका साथ मनाए

सन्तोष दाहाल/बहराइन

नेपाली क्लब बहराइनले आयोजना गरेको नव वर्ष२०७६ सालको शुभकामना आदार प्रदान तथा अन्तर संस्था नृत्य तथा गायन प्रतियोगिता डेलमान इन्टरनेशनल होटल, मानमा, बहराइनमा मिति १६ अप्रील २०१० का बेलुका भब्यताका साथ सम्पन्न गरेको छ । नेपाली क्लब संग आबद्ध धेरै संस्थाहरु भए पनि ९ वटा संस्थाहरुले यो प्रतियोगितामा भाग लिएका थिए । करीब १,५०० जनाले यो कार्यक्रममा सहभागी जनाई कार्यक्रमको भरपूर मनोरञ्जन लिएका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि क्लबका मानार्थ श्री गम बा. गुरुङ्ग हुनुहुन्थ्यो भने सभापतिमा क्लबका अध्यक्ष श्री दुर्गा गिरी हुनुहुन्थ्यो र अतिथिहरुमा बिभिन्न संस्थाका प्रतिनिधी र यस कार्यक्रमका प्रायोजकहरु हुनुहुन्थ्यो । उक्त कार्यक्रमका सभापति श्री दुर्गा गिरीले पानसमा बती बालेर र प्रमुख अतिथि श्री गम बा. गुरुङ्गले नव वर्षो पर्दा उघारेर बिधिवत् रुपमा कार्यक्रमको सुरुवात गर्नु भएको थियो । भने  क्लबका उपाध्यक्ष श्री नगेन्द्र चाम्लीङ्गले स्वागत मन्तव्य दिनु भएको थियो । यस प्रतियोगिता क्लबका महासचिव श्री भगेन्द्र पुलामी र क्लबका कार्यकारीणी सदस्य श्री जयन्द्र घिसिंङ्गले सञ्चालन गर्नु भएको थियो । उक्त प्रतियोगिताका गायकारहरुको गीतलाई सुर ताल समुहले संगीत दिएर कार्यक्रमलाई रोचक बनाएको थियो । उक्त कार्यक्रममा क्लबले २०६७ सालको भित्रे पात्रो पनि बिमोचन गरेको थियो । उक्त प्रतियोगितामा ९ वटा संस्थाहरुले भाग लिएकोमा गायन तर्फक्रमश बहराइन तामाङ्ग सेवा प्रथम, एन आर एन ए बहराइन दितीय र याक्थुम चुम्लुङ्ग बहराइन तृतीय भएका थिए भने नृत्य तर्फक्रमश गुल्मी समाज प्रथम, मगर संघ दितीय र तमु समाज तृतीय भएका थिए । बहराइनमा अहिले महिला घरेलु कामदारको समस्या दीनहुदीन बढीरहेकोले गर्दा घरेलु कामकालागि नेपाली चेलीबेटी ल्याउने दलाललाई सबै संस्थाहरु मिली कार्वाही गर्न कार्यक्रमका उद्दघोसकले बारम्बार सुचना दिईरहनु भएको थियो भने दलालहरुको पुरा जानकारी गर्राई नेपाली क्लब र एन आर एन ए बहराइनलाई सहयोग गरीदिनहुन सबै बहराइनमा कार्यरत नेपालीलाई सुचना दिईरहेको देखीन्थ्यो । र कार्यक्रमको अन्यमा उक्त कार्यक्रमका सभापतिले यस कार्यक्रम सफल गर्न सहयोग गर्ने प्रायोजक, स्यंम सेवक, बिभिन्न संस्था, कलाकार, बुद्धीजिवी तथा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

 

 


Page 1 of 2