डी एक्स एन नेपाली महोत्सव बहराइनमा
सन्तोष दाहाल/बहराइन
सन १९९३ ताका डा. लीमले मलेसीयाबाट शुरुवात गरेका डी एक्स एन फुट सप्लीमेन्ट्री कम्पनीको प्रोडक्स आज १४४ देशहरुमा फैलीसकेको अबस्थामा बहराइनमा सन २००२ देखीनै यो प्रोडक्स प्रयोग गर्न शुरुवात गरीएको थियो भने सोही दीन बाट नेपालीहरुले पनि बहराइनमा यो फुट सप्लीमेन्ट्री अत्याधिक रुपमा प्रयोग गरी आफ्नो श्वास्थ्यलाई मजबुत बनाउदै आएका थिए र नेपालीहरुले यो प्रोडक्सलाई अती नै मनपराएका कारण यो कम्पनीको प्रोडक्स र व्यापार व्यावस्थापन बारे सबै नेपालीहरुलाई पर्याप्त मात्रामा जानकारी दिने उद्देश्यले मिति ११ जुन २०१० का दिन डी एक्स एनबाट स्वास्थ्य तथा आर्थिक लाभ पाईसक्नु भएका सफल लीडरहरु नेपाल तथा साउदी अरबबाट बोलाएर डी एक्स एन नेपाली महोत्सव बहराइनमा सम्पन्न भएको छ ।
करीब २५० भन्दा बडी नेपालीहरुको उपस्थितीरहेको थियो भने केही मात्रामा बिदेशीहरुको पनि उपस्थित थियो । कार्यक्रमको सुरुवातमा सुरताल सांगीतिक समुहका कलाकारहरुले नेपाली राष्ट्रिय गान गाएका थिए । त्यसपछि साउदी अरबबाट पाल्नु भएका लीडर डब्बल डायमण्ड टंगाल कनाडीयाले कसरी डी एक्स एनबाट आर्थिक सफलता पाउने बारेमा बताउनु भएको थियो । कार्यक्रमको बिच बिचमा सांगितीक समुहले डी एक्स एनका गीतहरु गाएर महोत्सवलाई रोचक बनाउनु भएको थिया । नेपालबाट पाल्नु भएको सफल लीडर डब्बल डायमण्ड असोक बस्नेतले डी एक्स एनबाट कसरी स्वास्थ्य तथा आर्थिक लाभ पाउन सकीन्छ भन्ने बारेका धेरै कुराहरु बताउनु भएको थियो । भने सफल लीडर असोक बस्नेतले आफ्नो पहिलाको स्वास्थ्य तथा आर्थिक जीवन र अहिलेको स्वास्थ्य तथा आर्थिक जीवन बारे बताउदा उपस्थित सबै भावुक भएका थिए । डी एक्स एन प्रति मानीसको नकारात्मक सोचाई बारे उहाँले प्रस्टाउनु भएको थियो । यो प्रोडक्सको अनुभवको बारेमा बताउने क्रममा पहिला सुगरका रोगी सन्तकुमार सुब्बाले आफ्नो आँखा गुमाएका र आँखाका लागि हस्पीटलमा धेरै पैसा खर्च गरे पनि आँखा देख्न नसकेको र गत ५/६ महिला अघि देखी यो प्रोडक्स प्रयोग गरेका कारण सुगर कम्ती भई अहिले लगभग ७५% आँखा देख्न थालेको कुरा स्वयले बताएका थिए । यस्तो खाल्को डी एक्स एन नेपाली महोत्सव बहराइनमा पहिलो पटक भएको थियो ।





| < Prev | Next > |
|---|