बहराइन नेपाल सम्बाददाता ,जेष्ठ २६
एमाले स्थायी समितिको बैठकले काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले तयार पारेको शान्ति प्रकृया र संविधान निर्माण सम्बन्धी प्रस्तावमाथि बुधबार छलफल गरेको छ ।
करिव पौने २ घण्टा चलेको बैठकले शान्ति प्रकृया र संविधान निर्माणमा सहमति जुटेपछि मात्र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुल्ला हुनेसमेत दोहोर्याएको छ ।
माओवादीसंगको सहमतिमा समायोजनमा लैजाने लडाकुको संख्या तोक्ने र तीन साताभित्र सुरक्षा निकायमा जान चाहने लडाकु र पुनस्थापनामा जान चाहनेलाई छुट्याएर शिविरमा राख्ने उल्लेख छ । कांग्रेससँग मंगलबार भएको सहमतिबारे एमालेले माओवादीसँग समेत छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । त्यसको लागि एमालेले दुई पक्षीय तथा त्रिपक्षीय छलफललाई निरन्तरता दिने भएको छ ।
