बहराइनमा २५५४ औ बुद्ध जयन्ती सम्पन्न

बहराइनमा २५५४ औ बुद्ध जयन्ती सम्पन्न

सन्तोष दाहाल/बहराइन

बहराइन तामाङ्ग समाजको आयोजनामा २५५४ औं बुद्ध जयन्ती कार्यक्रम कर्नाटका क्लबको हलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली क्लबका अध्यक्ष श्री दुर्गा गिरीको साथै अन्य संघ संस्थाका पदाधिकारीहरुको उपस्थित थियो । यस बुद्ध जयन्ती कार्यक्रमको सुरुवात गुरु लामा श्री फुर्बा वाङबो योल्मो र छयोबोन श्री डिगम तामाङ्गले छयोगो मोलम पाठ पढेर सुरु गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली क्लबका अध्यक्ष र तामाङ्ग समाज बहराइनका अध्यक्षले १०८ बती (छयुमी) बालेर सुरुवात गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण महानुभावले बती बाल्नु भएको थियो । भने उक्त बालीएको बती भगवान बुद्धको चरणमा चर्ढाई प्रार्थना गरीएको थियो । त्यस पछि उपस्थित सबैले गुरु लामाबाट वाङ्ग, लुङ्ग, सुङदी ग्रहण गर्नु भएको थियो । गुरुले बुद्ध धर्म सम्बन्धी प्रवचन दिनु भएको थियो । सम्पूर्ण प्राणी जगतको हित होस भनी अन्त्यमा माने मोलम पाठ पढी धार्मीक कार्यक्रम सम्पन्न गरीएको थियो ।

धार्मीक कार्यक्रम पछि साँस्कृतीक कार्यक्रम गर्ने क्रममा बिभिन्न कलाकारहरुले गीतहरु गाएर तथा आफ्नो नृत्य देखाएर कार्यक्रमलाई रोचक बनाईएका थिए ।

Comments (0)Add Comment
Write comment
 
  smaller | bigger
 

security image
Write the displayed characters


busy