बहराइन नेपाल सम्बाददाता ,जेष्ठ ९
शान्ति र संविधान प्रक्रिया सफल नभए जनविद्रोह गर्ने वरिष्ठ नेताहरूले सार्वजनिक रूपमा बताइरहेकै बेला पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले साँच्चै जनविद्रोहको नीति लिने भए त्यसको तयारीमा लाग्नुपर्ने धारणा राखेका हुन् ।
जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि टिप्पणी गर्दै माओवादी नेताहरूले जनविद्रोह नगर्ने भए त्यो कुरै नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।
उनीहरूले जनविद्रोह मुखले मात्र भनेर नहुने, भन्दै दोहोरो कुरा नगर्न आग्रह गरेका हुन् । वरिष्ठ नेताहरूले कहिले शान्ति र संविधान, कहिले जनविद्रोहको कुरा गर्दै आएका छन् । अधिकांश नेताले पार्टी जनविद्रोहमा जाने नै हो भने संविधानसभाको म्याद थपेर तयारी गर्न सकिने धारणा राखेका छन् । यही अवस्थामा मुलुकमा ुसार्थक शान्ति र जनमुखी संविधान,बन्ने अवस्था न्यून रहेको आशंका पनि उनीहरूको छ ।
एक पोलिटब्युरो सदस्यका अनुसार जनविद्रोहबारे नेताहरूले बैठकमा दुई तर्क गरेका छन् । ुजनविद्रोह भनेरमात्र हुँदैन, त्यसको तयारी गरेर जानुपर्छ भन्ने तर्क आएको छ, उनले भने ।
