बहराइन नेपाल सम्बाददाता ,जेष्ठ ९
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाबारे दिएको अभिव्यक्तिले भ्रम श्रृजना गरेको भन्दै एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि संविधानसभा माओवादीको एजेण्डा भएको बताउदै प्रधानमन्त्रीले उसलाई चित्त बुझाउन आफूहरुले संविधानसभालाई समर्थन गरेको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाइको आलोचना भइरहेका बेला एमालेले आधिकारीक धारणा सार्वजनिक गरेको हो ।
एमालेद्वारा जारी बिज्ञप्तिमा संविधान निर्माणका लागि दलहरुबीच छलफल जारी रहेका बेला बरिष्ठ नेताबाट आएको अभिव्यक्तिले जनता र पार्टीमा भ्रम श्रृजना गरेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ ।
