बहराइनमा नेपालीहरुले नव वर्ष २०६७ भव्यताका साथ मनाए
सन्तोष दाहाल/बहराइन
नेपाली क्लब बहराइनले आयोजना गरेको नव वर्ष२०७६ सालको शुभकामना आदार प्रदान तथा अन्तर संस्था नृत्य तथा गायन प्रतियोगिता डेलमान इन्टरनेशनल होटल, मानमा, बहराइनमा मिति १६ अप्रील २०१० का बेलुका भब्यताका साथ सम्पन्न गरेको छ । नेपाली क्लब संग आबद्ध धेरै संस्थाहरु भए पनि ९ वटा संस्थाहरुले यो प्रतियोगितामा भाग लिएका थिए । करीब १,५०० जनाले यो कार्यक्रममा सहभागी जनाई कार्यक्रमको भरपूर मनोरञ्जन लिएका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि क्लबका मानार्थ श्री गम बा. गुरुङ्ग हुनुहुन्थ्यो भने सभापतिमा क्लबका अध्यक्ष श्री दुर्गा गिरी हुनुहुन्थ्यो र अतिथिहरुमा बिभिन्न संस्थाका प्रतिनिधी र यस कार्यक्रमका प्रायोजकहरु हुनुहुन्थ्यो । उक्त कार्यक्रमका सभापति श्री दुर्गा गिरीले पानसमा बती बालेर र प्रमुख अतिथि श्री गम बा. गुरुङ्गले नव वर्षो पर्दा उघारेर बिधिवत् रुपमा कार्यक्रमको सुरुवात गर्नु भएको थियो । भने क्लबका उपाध्यक्ष श्री नगेन्द्र चाम्लीङ्गले स्वागत मन्तव्य दिनु भएको थियो । यस प्रतियोगिता क्लबका महासचिव श्री भगेन्द्र पुलामी र क्लबका कार्यकारीणी सदस्य श्री जयन्द्र घिसिंङ्गले सञ्चालन गर्नु भएको थियो । उक्त प्रतियोगिताका गायकारहरुको गीतलाई सुर ताल समुहले संगीत दिएर कार्यक्रमलाई रोचक बनाएको थियो । उक्त कार्यक्रममा क्लबले २०६७ सालको भित्रे पात्रो पनि बिमोचन गरेको थियो । उक्त प्रतियोगितामा ९ वटा संस्थाहरुले भाग लिएकोमा गायन तर्फक्रमश बहराइन तामाङ्ग सेवा प्रथम, एन आर एन ए बहराइन दितीय र याक्थुम चुम्लुङ्ग बहराइन तृतीय भएका थिए भने नृत्य तर्फक्रमश गुल्मी समाज प्रथम, मगर संघ दितीय र तमु समाज तृतीय भएका थिए । बहराइनमा अहिले महिला घरेलु कामदारको समस्या दीनहुदीन बढीरहेकोले गर्दा घरेलु कामकालागि नेपाली चेलीबेटी ल्याउने दलाललाई सबै संस्थाहरु मिली कार्वाही गर्न कार्यक्रमका उद्दघोसकले बारम्बार सुचना दिईरहनु भएको थियो भने दलालहरुको पुरा जानकारी गर्राई नेपाली क्लब र एन आर एन ए बहराइनलाई सहयोग गरीदिनहुन सबै बहराइनमा कार्यरत नेपालीलाई सुचना दिईरहेको देखीन्थ्यो । र कार्यक्रमको अन्यमा उक्त कार्यक्रमका सभापतिले यस कार्यक्रम सफल गर्न सहयोग गर्ने प्रायोजक, स्यंम सेवक, बिभिन्न संस्था, कलाकार, बुद्धीजिवी तथा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।





| < Prev | Next > |
|---|