बहराइन नेपाली एकत्ता समाजको अन्तरक्रिया कार्यक्रम
सन्तोष दाहाल/बहराइन
बहराइन नेपाली एकत्ता समाज केन्द्रिय समिति द्धारा सित्रा स्थित मोःमो इन्टरनेशन क्याट्रीङ्ग सेन्टरको हलमा यही ०२ अप्रील २०१० शुक्रबारका दिन नेपालमा संघिय राज्य की संविधान, बहराइन स्थित नेपालीहरुको समस्या र नेपाली राजदुतावासको भुमीका विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापति सोही समाजका केन्द्रिय अध्यक्ष श्री तेजमान सिन्जाली हुनुहुन्थ्यो भने प्रमुख अतिथी सोही समाजका प्रमुख सल्लाहकार श्री दल बा. गाहा हुनुहुन्थ्यो । भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रम सोही समाजका महासचिव श्री एल बि रानाले सञ्चालन गर्नु भएको थियो । सहिदको सम्झनामा एक मीनेट मौन धारणा गरेर कार्यक्रम सञ्चालन गरीएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सोही समाजका केन्द्रिय सचिव श्री श्याम गौतमले गर्नु भएको थियो । नेपालमा संघिय राज्य की संविधान एवं बहराइन स्थित नेपालीहरुको समस्या र नेपाली राजदुतावासको भुमिका बिषयक कार्यक्रमको अवधारण आधार पत्र केन्द्रिय सल्लाहकार श्री श्यामलाल पन्थले पढेर सुनाउनु भएको थियो । आफ्नो धारणा राख्ने क्रममा बहराइन नेपाली एकत्ता समाज क्षेत्र नं. १ का प्रदीप केरुङ्ग क्षेत्र नं. २ का राजु सिन्जाली क्षेत्र नं. ३ का करण रानाले देशमा संघिय राज्य लादेर देशलाई टुक्राउन खोजेकोमा दुःख व्यक्त गर्नु भएको थियो । कार्यक्रमको बिच बिचमा कलाकारहरुले गीत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए । उपस्थित अतिथिहरुले माथि उल्लेखीत बिषयमा आ-आफ्नो धारण राख्नु भएको थियो । सम्पूर्ण वक्ताहरुले दिएको अन्तरक्रिया माथि केन्द्रिय प्रतिनिधि श्यामलाल पन्थ र दल बा. गाहाले स्पस्टिकरण दिनु भएको थियो । उक्त कार्यक्रमका सभापति तेजमान सिन्जालीले सामाजिक बिचार प्रकट गर्नु भयो र अन्त्यमा कार्यक्रम रमाइलो र सहि भएको निस्कर्षनिकाल्दै सभापतिले कार्यक्रम समापन गर्नु भएको थियो ।



| < Prev | Next > |
|---|