प्रधानमन्त्री र एनआरएनको टोली भेटघाट
प्रधानमन्त्री माधवकुमार नेपालसँग एनआरएनको टोलीले आइतबार भेटवार्ता गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्टि्य समन्वय परिषदका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा प्रवक्ता डा। कुमार बस्नेत, एनआरएन युवा फोरमका संयोजक भवानी ओली, एनआरएन युकेका उपाध्यक्ष कुलप्रसाद आचार्य, गैरआवासीय नेपाली संघको काठमाडौस्थित सचिवालयका कार्यकारी निर्देशक डा। हेमन्त दवाडीलगायतले भेटगर्नुभएको हो।

