बहराइनमा २५९४ औं तों (बाघ) ल्होसार भव्यरुपमा सम्पन्न
सन्तोष दाहाल/बहराइन
जनवरी ७ तारीखको साँझ उम अल-हसन स्थित होटल प्यालेसइनमा बहराइनमा कार्यरत तमूहरूले भव्यरुपमा २५९४ औं तों ल्होसार मनाए । तीन सय भन्दा बढि दर्शकहरूले खचाखच भरिएको इम्पेरियल हलमा आयोजित साँस्कृतिक कार्यक्रमले सबैलाई भरपूर मनोरञ्जन दिएको थियो । र रात्रिभोजपछि सामूहिक नाचसँगै गाई (ल्हों) वर्गलाई बिदा गर्दै नयाँ तोंल्हो (बाघ वर्ग)को स्वागत गरिएको थियो ।

प्रमुख अतिथि भूपू कर्नेल पूर्ण बहादुर तमूले दीप प्रज्जवलन गरी कार्यक्रमलाई औपचारिक रुपमा शुरु गर्नु भएको थियो । त्ामू समाज बहराइनको वर्तमान अध्यक्ष दिपक तमुले यस कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएको थियो । तमू समाजकै संस्थापक अध्यक्ष गम तमू, प्रवक्ता कृष्ण तमूको उपस्थितीमा बहर्राईमा सक्रिय अन्य थुप्रै संगठनका पदाधिकारीहरू आमन्त्रित थिए । साथै, सहयोगकर्त्ता तथा आयोजक संघसंस्थानका प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए । संगठनकै लगभग तीसओटा जति सदस्यहरू स्वयंसेवक खटिएका थिए । चेलीद्वय माया तमूस्यो र राधा तमूस्योले अतिथि तथा पाहुनाहरूलाई ब्याज वितरण गरी स्वागत गरेका थिए ।

नियोजित समयभन्दा ढिलो शुरु हुन गएको कार्यक्रममा दर्शकहरूले निकै रमाईलो गरे । अमृत तमूले शुरुवात दिएको कार्यक्रमलाई कलाकारहरूले "औंसो प्रदो तमूमे विकास लबरी" गीतले अगाडि बढाएका थिए । त्यसपछि पदम सुन्दर तमूले स्वागत मन्तव्य राखेका थिए । यस कार्यक्रमलाई चन्द्र तमू, पदम सुन्दर तमू तथा किरण तमूले संञ्चालन गरेका थिए । कार्यक्रमभरी थुप्रै नाचगानआदीले दर्शक तथा पाहुनाहरूलाई भरपूर मनोरञ्जन दिएको थियो । गायनमा राम तमू, किरण तमू, संगम तमू होम तमू, बिना पुन तथा श्रावण मिक्चन आदिको प्रर्दशन सराहनीय थिए । साथै नृत्यमा अमृत तमू, राम तमू, चाँदनी तमूस्यो, कला श्रेष्ठ, विश्वास, सबिना, तथा अनीता शर्मा आदीले कार्यक्रमलाई अन्त्यसम्म पुर्याएका थिए । कार्यक्रमपछि विशेष सहयोगको लागि कलाकारहरूलाई प्रमुख अतिथि श्री पूर्ण बहादुर तमू, संस्थापक अध्यक्ष र संरक्षक गम तमू, प्रवक्ता श्री कृष्ण तमू , संगठनका अध्यक्ष दिपक तमू साथै नेपाली क्लबका संस्थापक अध्यक्ष दिपक खड्का, नेपाली क्लबका वर्तमान अध्यक्ष दुर्गा गिरी तथा खोटाङ जनकल्याणकारी उद्घार समितिका दुर्गा थापा जस्ता मान्यजनहरूको हातबाट प्रमाण-पत्र प्रदान गरिएको थियो । बहराइनमा निकै लामो समय अन्तरालपछि आयोजित यस नेपाली तमूहरूको कार्यक्रममा दर्शकहरूको उपस्थिती उलेख्नीय थियो ।

| < Prev | Next > |
|---|