नेपाली जन प्रगतिशील मञ्च बहराइनको अन्तरक्रिया कार्यक्रम
सन्तोष दाहाल / बहराइन
नेपालमा चलिरहेको राजनैतिक तरलता र प्रवासीन वाध्य नेपालीहरुको स्थितीलाई मध्य नजर राख्दै नेपाली जनप्रगतिशील मञ्च बहराइनले नेपाली जनयुद्धको १५ औं वाषिर्कउत्सव पारेर १२ फेव्रुवरी २०१० का दिन बहराइनको सित्रा स्थित मोःमो इन्टरनेशलन क्याट्रीङ्ग सेन्टरको हलमा राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चता, संघीय गणराज्य र प्रवासीहरुको भुमीका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रमका सभापति सोही मञ्चका अध्यक्ष श्री अर्जुन धमलाले गर्नु भएको थियो भने प्रमुख अतिथी समाजसेवी श्री गम गुरुङ्ग हुनुहुन्थ्यो । बहराइन स्थित बीभीन्न संघ संस्थाका प्रतिनीधिहरु अतिथीको रुपमा उपस्थित हुनुभएको थियो । माथि उल्लेखीत बिषयमा उपस्थित अतिथिहरुले आ-आफ्नो धारण राख्नु भएको थियो । भने नेपाली एकत्ता समाज बहराइनका प्रतिनिधी श्री श्यामलाल पन्थले नेपालमा कीन संघीय गणराज्य चाहियो ? अहीले नेपाल गणराज्य नहुदा त नेपालको सीमा मीचेको बारे बोल्न नसकेको बेला नेपाललाई बिभीन्न जातीय गणराज्यमा टुक्राईएको बेला त्यो जातीय गणराज्यले सीमा रोक्न सक्छ ? भारतमा बिभिन्न राज्य भएकोले ती राज्यहरुमा एक आपसमा लडीरहेका छन् र त्यहाँ जातीय दंगा चलीरहेको अबस्थामा भारत केन्द्रिय सरकारले केही गर्न सकीरहेको छैन भने नेपालमा पनि त्यसतै जातीय दंगा हुदैन भन्ने के ग्यारेन्टी छ ? आदी प्रश्नहरु राख्नु भएको थियो र उहाँको सवालहरुलाई जन प्रगतीशिल मञ्चका उपाध्यक्ष श्री देबीलाल डुम्रले प्रस्ट्याउनु भएको थियो । यस मञ्चब का.वा. महासचिव श्री डबेन्द्र तिरुवाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको बिच बिचमा श्री लालबहादुर पुर्वछाने मगर र श्री देबीलाल डुम्रेले जनवादी गीत गाएर कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । भने उक्त कार्यक्रमको समापन सोही कार्यक्रमका सभापति तथा यस मञ्चका अध्यक्ष श्री अर्जुन धमलाले गर्नु भएको थियो ।



| < Prev |
|---|